काठमाडाैं ।। कोरोना भाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले सरकारले नेपाली नागरिकलाई अत्यावश्यक बाहेक विदेश भ्रमणमा नजान आग्रह गर्दै यात्रा चेतावनी जारी गरेको छ । कोरोना भाइरसको गम्भीर सङ्क्रमण देखिएका मुलुकमा अत्यावश्यक काममा बाहेक नजान परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आग्रह गर्नुभयो । वैशिक रोजगारीमा जाने योजना पनि तत्कालका लागि स्थगित गर्न सरकारले सबैसँग अपिल गरेको छ । सरकारले आगामी चैतमा गर्ने तय भएको सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गरेको छ । कोरोना भारस विश्वव्यापी रुपमा फैलिएपछि सरकारले सगरमाथा संवाद स्थगित गर्ने निर्णय लिएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने आगन्तुक पास वितरण पनि बन्द गरेको छ । आफन्तको विदाइ र स्वागतका लागि पनि विमानस्थलमा नआउन अनुरोध गरिएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले सीआईएनलाई जानकारी दिनुभयो । नेपालले विभिन्न पाँच मुलुकका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय पनि गरेको छ । यही मार्च ६ बाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा नपाउने अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले सीआईएनसँग बताउनुभयो । सर्वोच्च अदालतले पनि कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता पूर्ण राजवंशीको रिटमाथि हिजो न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here