काठमाडाैं ।। दक्षिण कोरियाबाट फर्केका तीन जना नेपाली नागरिक र एक जना चिनियाँ नागरिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन् । कोरोनाको आंशकामा उनीहरूलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको अस्पतालका प्रवक्ता डाक्टर अनुप वास्तोलाले बताउनुभयो । उहाँका अनुसार तीन जना नेपाली दक्षिण कोरियाबाट फर्केका र एक जना चीनबाट आएका नागरिकलाई भनाए गरिएको हो । उनीहरूको नुमना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र आजसम्ममा रिपोर्ट आउने वास्तोलाले बताउनुभयो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसको समूह हो । जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्छ । यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ । अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो । कोरोना भाइरसले संक्रमण गर्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने लक्षण देखिन्छ । यो संक्रमणबाट जोगिन सकेसम्म भिडभाडमा नजाने, जानै परेमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । साथै व्यक्तिगत सरसफाइमा ध्यान दिन र साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खाने गर्नुपर्छ ।
कोरोना संक्रमणको आशंकामा चार जना आइसोलेसन वार्डमा भर्ना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।