काठमाडाैं ।। सरकारले ठूला सभा, सम्मेलन र भोज भतेर नगर्न र धेरै भिडभाडमा समय नबिताउन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हिजो पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गर्नुभएको हो । मन्त्री ढकालले अप्ठेरो अवस्था आएमा अन्तराष्ट्रिय हवाइ उडान पनि रोक्ने बताउनुभयो । उहाँले विमानस्थल पूरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो । कतारको दोहास्थित नेपाली दूतावासले कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here