काठमाडाैं ।। कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । हिजो साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । तर यो निर्णय सार्वजनिक गरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राख्नु भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको जानकारी गराउनुभयो । स्थगित नै भएको हो ? भन्ने जिज्ञासामा उहाँले एकदुई दिनमा मात्रै निर्णय आउने बताउनुभयो । मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम स्थगन भइसकेको यसअघि नै जानकारी गराएको थियो ।
कोरोना भाइरसको प्रकोप ः भ्रमण वर्ष स्थगित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।