काठमाडाैं ।। हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । पूर्व र मध्यका थोरै स्थानहरूमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।
पूर्वी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।