फाईल फोटो

सिन्धुपाल्चोक ।। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नहुने बताउनुभएको छ । प्रथम सुकुटे महोत्सव २०७६ को उद्घाटन गर्न सिन्धुपाल्चोक सुकुटे आउनुभएका दाहालले हिजो पत्रकारहरुसँग कुरा गर्दै अमेरिकासँग साझेदार, मित्रता कायम राखेर आवश्यक सहयोग लिन तयार भए पनि एमसीसीको विषयमा कार्यदलको सुझाव लिएर मात्रै अगाडि बढ्ने बताउनुभयो । एमसीसी श्रीलंकाली संसदले अस्वीकृत गरेको उदाहरण दिँदै दाहालले देशको स्वाधिनतालाई उचो राख्न सम्पूर्ण बुँदा हेरेर मात्रै अगाडि बढ्न अमेरिकासँग घनिभूत छलफल भइरहेको बताउनुभयो । जिल्लादेखि केन्द्रसम्म नेकपा अब एउटै पार्टी भइसकेको र यो फुट्छ भन्नु भ्रमपूर्ण कुरा मात्रै भएको दाहालको भनाइ थियो । पार्टीभित्र विवाद बढिरहेका बेला चितवनबाट शुक्रबार सिधै सुकुटे आइपग्नुभएका दाहालले पार्टीभित्र फरक विचार देखिएपनि नेकपा एकताबद्ध रहेको बताउनुभयो । जिल्लादेखि केन्द्रसम्म पूर्व माओवादी केन्द्र र पूर्व एमालेका नेता कार्यकर्ता एउटै पार्टीमा गोलबद्ध भएकाले एक भएर अगाडि बढ्ने दाबी प्रचण्डको थियो । सेक्युरिटी प्रेस खरिद सम्वन्धी ७० करोड काण्डबारे सरकारका सम्वद्ध निकायले छानविन थालिसकेको दाहालको भनाइ छ । दाहाल शुक्रबार पत्नी सिता, छोरी गंगा दाहालसहित चौतारा साँगाचोकगढी नगर क्षेत्रको पर्यटकीय केन्द्र सुकुटेमा आइपुग्नु भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here