एजेन्सी ।। बलिउड सेलिब्रेटीहरु विवाहका लागि सधैं चर्चामा रहने गर्छन्। हालसालै नेहा कक्कर र आदित्यनारायण झाबीच विवाहको चर्चा चल्यो। तर, पछि थाहा भयो इन्डियन आइडलको टिआरपीको लागि रचिएको खेलमात्र थियो। त्यसपछि आलिया र रणवीर कपुरको विहेको चर्चा पनि खुबै चल्यो। यहाँसम्म कि उनीहरु यही वर्ष विवाह गर्ने समाचारहरु आए। तर यसबारे न आलियाले केही बताए न रणवीरले नै। यतिबेला यस्तै चर्चामा छन् अभिनेता बरुण धवन। उनी नताशासँग रिलेसिनसिपमा रहेको बताइन्छ। यी जोडीलाई सार्वजनिकरुपमै धेरै कार्यक्रमहरुमा हेर्न सकिन्छ। यी जोडीले आफ्नो विवाहको लागि नयाँ घर हेरिरहेको चर्चा मुम्बई नगरीमा छ। स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनीहरु मुम्बईको जुहु तारा रोडमा नयाँ घर हेरेका छन्। केही दिनअघि नताशाका बुबाको जन्मदिनमा यी जोडीको रोकासमेत भइसकेको खबर आएको छ। तर यसबारे दुबैले केही प्रतिक्रिया जनाएका छैनन्। तर उनीहरुको विवाह मिति पनि तोकिसकिएको बताइएको छ। स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनीहरुको मे २२ मा थाइल्यान्डमा विवावह हुँदैछ। यसबारे कसैले केही नबोलेपनि सत्यता मे २२ मा जरुर खुल्नेछ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here