एजेन्सी ।। दक्षिण अफ्रिकासँगको तीन खेलको टि ट्वान्टी सिरिज पाहुना टोली अष्ट्रेलियाले २–१ ले जितेको छ ।बुधबार राती घरेलु टोली दक्षिण अफ्रिकालाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले सिरिज जितेको हो । जितका लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा ९६ रनमा अल आउट हुन पुग्यो । उसका रस्सी भान डर दुसेनले २४, हेनरिक क्वालासेन २२ र डेविड मिलर १५ रनमा आउट भए । दक्षिण अफ्रिका ७ खेलाडीले दोहोरो अंकका रन जोड्न सकेनन् । अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले २.३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै स्पिनर एस्टन एगरले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । एडम जम्पा २, प्याट कमिन्स र मिचेल मार्शको नाममा १-१ विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । ओपनर डेविड वार्नरले ३७ बलमा ५ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए । त्यस्तै कप्तान आरोन फिन्चले ३७ बलमा ६ चौका र १ चौका सहित ५५ रन जोडे ।पहिलो विकेटका लागि वार्नर र फिन्चले ११.३ ओभरमा १ सय २० रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्टिभ स्मिथ १५ बलमा २ छक्का सहित ३० रनमा अविजित रहे । म्याथ्यु वेड १० र मिचेल मार्श १९ रनमा आउट हुन पुगे । दक्षिण अफ्रिकाका कागिसो रबाडा, एनरिच नोर्टिज, लुन्गी निग्डी ड्वेन प्रिटियोरस र तरवेज शम्सीले १–१ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया १ सय ७ रनले विजयी भएको थियो । दोस्रो खेलमा भने दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १२ रनले पराजित गरेको थियो । दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच थप तीन ओडीआई सिरिज पनि हुने छ । पहिलो खेल शनिबार बोलान्ड पार्कमा हुने छ ।

श्राेत ः हाम्राे खेलकुद

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here