काठमाडाैं ।। नेपाल र मौरिससबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भए पनि नेपाली कामदार अझैँ जान नसकेपछि रोजगारको बाटो खुलाउन सरकारले पहल सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव मौरिससमा वैदेशिक रोजगारीको लागि बाटो खुलाउने विषयमा पहलका लागि आज त्यसतर्फ जान लाग्नुभएको छ । विगतमा श्रम सम्झौता भए पनि कामदार जान नसकिरहेकाले रोजगारको बाटो खुलाउन उच्चस्तरीय वार्ताका लागि उहाँ मौरिसस जान लाग्नुभएको हो । त्यहाँका समकक्षी मन्त्रीसँग रोजगार खुलाउने विषयमा उच्चस्तरीय वार्ता गर्ने र कार्यदलले पनि छलफल गर्ने मन्त्री यादवले बताउनुभयो । स्विटजरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा तत्कालीन श्रममन्त्री गोकर्ण बिष्ट र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले गत जुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मौरिससमा होटल, अतिथि सत्कार र उत्पादनमूलक क्षेत्रमा धेरै सङ्ख्यामा नेपाली कामदारको माग हुने गरेको छ ।
मौरिससमा रोजगारीको बाटो खुलाउने सरकारको पहल सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।