काठमान्डाै।। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सुरक्षण मुद्रण खरिदका सम्बन्धमा आर्थिक अनियमितताको प्रयास गरेको भन्दै विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेसले आजको संसद् चल्न दिने भएको छ ।

संसद्को बैठक दिउँसो १ बजे बस्दैछ । यसअघि काँग्रेसले बास्कोटाको श्रव्य सामग्रीको बारेमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग राख्दै आएको थियो । भ्रष्टाचार बिरुद्ध अन्य दलसँग पनि सहकार्य गरेर अगाडि बढ्ने निर्णय काँग्रेसले हिजो गरेको छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीसँग भ्राष्टाचारविरुद्ध एक भएर जाने र संसद्मा तीनै दललाई बोल्न दिएर सभामुख अग्नी सापकोटाले कुनै निर्देशन दिएमा संसद्मा कुनै अवरोध नगर्ने सहमति भएको काँग्रेस सचेतक पुष्पा भुसालले सीआइएनलाई जानकारी दिनुभयो । सुरक्षण मुद्रण खरिद प्रकरणमा पूर्व मन्त्री बास्कोटाले ७० करोड कमिशन मागेको श्रव्य सामग्री सार्वजनिक भएपछि काँग्रेसले छानबिनको माग गर्दै आएको छ ।

भ्रष्टाचारको विरुद्धमा काँग्रेस, समाजवादी र राजपाबीच एक भएर जाने सहमति हिजो भएको हो । बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिइसक्नुभएको छ भने यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here