रौतहट । मैथली,भोजपुरी भाषाको विकासको लागि विभिन्न गित बन्दै आएकोमा अहिले आएर बज्जिका भाषाको चौतर्फी विकासको लागि बज्जिका भाषामा पनि गित बन्न थालेको छ । रौतहटका स्थानिय गायक कलाकारले समय समयमा विभिन्न गित सार्वजनिक गर्दै आएकोमा पहिलो होली गित सार्वजनिक भएको छ । आज भन्दा करिब एक दशक अगाडी बज्जिका भाषामा बनेको पहिलो “हमर सईया काहे न समझईत बा” नामको एल्बम निकाली सकेका स्थानिय गायक तथा नायक सुरज मिश्राको स्वरमा बज्जिका भाषामा पहिलो होलीको “मधेस वाला होली खेलई छी” बोलको गित सार्वजनिक भएको छ । रामविश्वास मुखियाको शब्द रहेको तराई मधेसको संस्कृति झल्किने गितमा संगितभ ने प्रविण सोनीको रहेको छ । बज्जिका भाषामा बनेको पहिलो सर्ट फिल्म “दहेज”मा समेत नायकको भुमिका निर्वाह गरेका मिश्राले अगामी दिन ठुलो पर्दाको चलचित्र निर्माण गर्ने लक्ष्य रहेको बताए । गितका लेखक मुखियाले भने,आफ्नो मातृभाषाको प्रचार प्रसार गर्नुको साथै संस्कृतिको संबद्र्धन र संरक्षण गर्ने सोचले काम गरि रहेको बताए । अगामी दिनहरुमा अझै गितहरु लेख्ने बताए । पहिलो बज्जिका होली गित गाउने गायक मिश्रा रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ पचरुखी निवासी हुन । सानै देखि गित संगितमा रुची राख्ने मिश्रा अहिले बैंलौरमा सिभिल ईन्जिनियरिंगमा अध्यनरत हुन् । केहि दिन अगाडी मिश्राको अगामी चलचित्र “आर पार”को ट्रेलर सार्वजनिक भएको थियो । यो होली गित भन्दा अगाडी पनि स्थानिय गायक रबिन्द्र पटेल,चन्दन पटेल चाँद अली,सुरज नारायण झाले समेत बज्जिका भाषमा दर्जनौ गित सार्वजनिक गरि सकेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here