एजेन्सी ।। अमेरकि राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आइपुगेका छन् । ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार भल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । ट्रम्प विमानस्थलमा ल्यान्ड गर्नेबित्तिकै मोदीले अंकमाल गरेका थिए । ट्रम्पसँगै उनकी पत्नी मेलानिया ट्रम्प, छोरी इभान्का र ज्वाई जारेद कश्नेपर पनि भारत आएका छन् । ट्रम्पलाई सांस्कृतिक बाजागाज सहित एक हजार बढी कलाकार लिएर विमानस्थल पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक भारत भ्रमण गरेका हुन् । यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाई प्रदान गर्ने बताइएको छ ।
भ्रमण अवधिभर भारतको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । भारतीय सुरक्षाकर्मीसहित अमेरिकी सुरक्षा एजेन्सीको पनि बाक्लो उपस्थीति रहेको छ ।
सोमबार दिउँसो ट्रम्प र मेलानिया आग्रा पुगेर ताजमहलको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ताजमहलबाट सूर्यास्त हेरेपछि साँझ उनीहरु दिल्ली प्रस्थान गर्नेछन् भने मंगलवार भारतीय राष्ट्रपति रामनाथ कोविन्द र ट्रम्पबीच भेटवार्ता हुनेछ । मेलानियाको भने दिल्लीका विद्यालयहरुको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here