एजेन्सी ।। चीनको उहानबाट फैलिएको कोरोना भाइरसको हला अहिले विशवमा नै चलिरहेको छ । उक्त भाइरसको त्रास बढेपछि मास्कको प्रयोग पनि बढेको छ । धुवाँ धुलो वा अन्य सरुवा रोग जस्ता समस्याहरुबाट बच्नको लागी मास्क लगाउन विशेषज्ञहरु बताउँछन् । तर कतिपय मानिसहरुले मास्कको प्रयोग गरेपनि उचित तरिकाले प्रयोग गर्न जान्दैनन् । जब सम्म हामी मास्कको सहि तरिकाले प्रयोग गर्दैन भने माक्सले पुर्याउने फाइदा हुदैँन ।
मास्कले कसरी काम गर्छ रु
अहिले बजारमा धेरैखालको मास्क पाइन्छ । त्यसमध्ये सर्जिकल मास्क आमनागरिकले धेरै प्रयोग हुने गरेका छन् । कपडाको मास्कले राम्ररी काम गर्दैन । त्यसैले सर्जिकल मास्कको प्रयोग बढेको छ । अर्को, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एन नाइन्टिफाइब मास्क ९५ प्रतिशतसम्म किटाणु रोक्ने भएकाले यसलाई एन नाइन्टिफाइभ भनिएको हो । यस मास्कको बनोट र काम पनि फरक किसिमको छ ।
मेडिकल मास्क
यदि कुनै व्यक्तिलाई सङ्क्रमण भएको छ र रुघाखोकी वा श्वासप्रश्वाससम्बन्धी रोग लागेको छ भने खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा निस्किने सानासाना कणलाई रोक्ने काम यो मास्कले गर्छ ।
मेडिकल मास्कको सबैभन्दा महत्वपूर्ण काम भनेको एउटा बिरामी मान्छेबाट अर्कोमा यसले सङ्क्रमण सर्नबाट रोक्छ ।
‘एन नाइन्टिफाइभ’ जस्तो मेडिकल मास्क प्रभावकारी छैन, तर राम्रोसँग लगायो भने यसले ७० देखि ८० प्रतिशत किटाणुलाई सर्नबाट रोक्छ । यसको प्रयोग गर्दा ठूलो खालको मास्क लगाउनु हुँदैन । यसले दुबैतिरबाट किटाणु छिर्न सक्ने हुन्छ । त्यसैले आफूलाई उपयुक्त हुने मास्कको प्रयोगा गर्नुपर्छ ।
बिरामी भेट्न जानुपर्ने भयो भने भेट्न जाने व्यक्तिले मास्क लगाउनै पर्दछ । फेरि अर्को बिरामी भेट्न जानुपर्दा मास्क फेर्नु पर्दछ । मेडिकल मास्क बिरामीले लगायो भने रोग अरुलाई सर्ने सम्भावना कम हुन्छ । मास्कले गर्ने काम
मेडिकल मास्कमा तीन वटा तह हुन्छ । सबै तहले गर्ने काम फरक फरक हुन्छ ।
– सबैभन्दा बाहिरको तहमा पानी र थुक टाँसिदैन त्यसलाई रिपेल गर्छ ।
– बीचमा रहने तहलाई फिल्टर भनिन्छ, यसमा सानासाना जीवाणु र भाइरसलाई फिल्टर गर्ने क्षमता हुन्छ ।
– भित्रको तहलाई हाइडोफिलिक तह भनिन्छ, यसले लगाएको व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा निस्किने थोपा वा कणहरुलाई रोक्ने गर्छ ।
– यसले प्रदुषणलाई भने रोक्न सक्दैन ।
– सकेसम्म एन नाइन्टिफाइभ मास्क लगाउनुपर्छ । तर सामान्य अवस्थामा सर्वसाधारणले मेडिकल मास्क लगाउँदा पनि हुन्छ ।
तर सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा बस्ने व्यक्ति छ भने उसले एन नाइन्टिफाइभ मास्क पूरै उपयुक्त तरिकाले लगाउनुपर्छ ।
लगाउने समय
‘युज एण्ड थ्रोे नाम दिएको डिस्पोजेबल मास्क भएकोले यसलाई एक पटक प्रयोग गरेपछि फाल्नुपर्छ ।
यसलाई धोएर, सुकाएर र उल्टो फेरेर लगाउनु हुँदैन ।
एन नाइन्टिफाइभ मास्कमध्ये कुनै कुनै धुन मिल्ने खालको हुन्छ ।
साधारणतया मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ । तर बिरामी भेटेर निस्किएपछि फाल्नुपर्छ ।
तर एन नाइन्टिफाइभ मास्क लामो समयसम्म लगाउन मिल्छ । तर एकदमै कसिलो बनाएर लगाउनपर्ने भएकोले लामो समय लगाएर बस्न सकिन्न ।
यो मास्क दम र श्वासप्रश्वासको बिरामीले भने लगाएर बस्नै सक्दैन ।
मास्क प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
मास्क प्रयोग गर्दा मुख पूर्णरुपले छोप्नुपर्छ। कुनै पनि मास्क लामो समयसम्म प्रयोग गर्नु हुँदैन। मास्कमा वायुमा भएका भाइरस वा ब्याक्टेरिया टाँसिएर रहने उनको भनाइ छ। मास्क प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापन पनि सुरक्षित तरिकाले गर्नुपर्छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here