काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एसिया-११ बाट खेल्ने भएका छन् ।
बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि२० कप बंगलादेश २०२० अन्तर्गत विश्व-११ र एसिया-११ बीच हुने खेलमा सन्दीप टोलीमा समेटिएका छन् । दुई खेल हुने सिरिज मार्च २१ र २२ मा बंगलादेशको शेर-ए बंगला रंगशालामा हुनेछ ।
एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका राशिद खान लगायत स्टार खेलाडी समावेश छन् । सन्दीपले सम्भवतः एभरेष्ट प्रिमियर लिगको एक खेल गुमाउने छन् । इपिएल मार्च १४-२८ सम्म टियू मैदानमा आयोजना हुनेछ । इपिएल सकिएपछि सन्दीप आईपिएल खेल्न भारत प्रस्थान गर्नेछ ।
एसिया-११ का खेलाडी :
केएल राहुल, शिखर धवन, विराट कोहली, तमीम इक्बाल, लिटन दास, ऋषभ पन्त, मुस्फिकुर रहीम, थिसारा परेरा, राशीद खान, मुस्ताफिजुर रहमान, सन्दीप लामिछाने, लासिथ मालिंगा, मोहमद शामी, कुलदीप यादव, मुजिब उर रहमान