काठमाण्डौ ।। प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा शनिबार राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक विमोचन गर्नुभयो । आफ्नो ६९ औं जन्मदिनको अवसरमा ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकमा विकास र समृद्धिका विषयबस्तु समेटिएका छन् । प्रधानमन्त्री ओलीले देश विकाससँगै समृद्ध नेपाल, सुखी नेपालीको सपना कार्यान्वयन गर्नेगरी पुस्तकमा मुख्य चार योजना समेट्नुभएको छ । कल्पना र कार्यान्वयन, मित्रता र कुटनीती, व्यापार र लगानी तथा काम र श्रम जस्ता विषय पनि पुस्तकमा समेटिएका छन् । ओलीले नेपालमा सबैथोक रहेको तर योजनालाई कार्यान्वयन गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो । स्राेत:उज्यालाे अनलाइन

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here