राजेन्द्र महताे
लहान ।। सिरहाको औरही गाउँपालिका-५बाट हुन लागेको एउटा बाल विवाह सिरहा प्रहरी ले रोकेको छ । बालविवाह भइरहेको भन्दै औरही गाउँपालिका-५ का राम सेवक दासले आफ्नी १४ वर्षिया छोरी पुजा दासको गर्न लागेको बाल विवाह प्रहरीले रोकेको हो । बालिका पूजासँग धनुषाको शहिदनगर नगरपालिका -३ यदुकोहाका शिव शंकर दास को छोरा जीतकुमार दाससँग विवाह गर्ने तय भएको थियो । शुक्रवार जन्ती आउने बेला प्रहरीले थाहा पाएपछि विवाह रोकेको स्थानीयले बताएका छ्न। प्रहरी चौकी औरही बाट खटिएको टोलीले रामसेवकको घर पुगेर जन्तीलाई बाटो बाट फर्काउन भन्दा केहिबेर प्रहरीसँग विवाद समेत भएको थियोे। तर पछि बालिकाको आफ्न्तले जन्ती नआउन बेहुला पक्षलाई जानकारी गराएका थिए । प्रहरीले केहिदिन अगाडी समेत तीन बालविवाह रोकेको थियो । पछिल्लो समय सिरहा प्रहरी बालविवाह रोक्न सक्रिय भएका छन् । अहिलेको कानून बमोजिम २० वर्ष मुलुकी अपराध (संहिता) ऐन २०७४ को विवाह सम्बन्धी कसूर अन्तर्गत विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष पुगेको हुनुपर्छ । तर उमेर बेहुलीको १४वर्ष मात्र रहेका कारण विवाह रोकेको हो।बालविवाह कलिलो उमेरमा गरिने विवाह, जबर्जस्ती विवाह तथा अन्य घातक प्रचलनहरूको उन्मूलन गर्ने दिगो विकासका लक्ष्यमा भनिएको छ । सन् २०३० सम्ममा पूरा गर्ने भनिएको लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारले योजना बनाएर कार्यान्वयनमा ल्याएका भए पनि सोचे जस्तो प्रभावकारी भने हुन नसकेको गुनासो आइरहेका छन् ।