रौतहट ।। नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड गौर शाखाले आज सनिवार ३३ औँ वार्षीक उत्सव मनाएको छ ।
रौतहट सदरमुकाम गौरमा वार्षीक उत्सव कार्यक्रम आयोजना गरि नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड गौर शाखाले ५० लाख देखि १ करोड सम्म विमा गरेका आफ्ना १८ जना वीमीतलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा कम्पनीले आफ्नो ६ जना उत्कृष्ट एजेन्टहरुलाई समेत सम्मान गरेको जसमा ३ जान महिला र ३ जना पुरुष रहेको छ । महिला तर्फ पहिलो रसमी सिंह, दोश्रो लालमुनी कुमारी यादव, तेश्रो विना जयसवाल रहेका छन् भन्ने त्यस्तै पुरुष तर्फ पहिलो रामबाबु राय यादव, दोश्रो जगदीस बैठा, तेश्रोमा चंन्दन सोनी रहेको आयोजकले जनाएको हो ।
कार्यक्रम कम्पनीको गौर शाखाका प्रमुख प्रकाश कुमार सिंहको अध्यक्षतामा भएको थियो ।
कम्पनीको वार्षीक उत्सवको अवसरमा आजै गौरमा रहेको नेपाल भारत अनाथालयमा रहेको अनाथहरुलाई एक छाक खाना खुवाई उत्सव मनाईएको समेत प्रमुख सिंहले जानकारी गराए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here