काठमाडाैं ।। पूर्व सभामुख कृष्णबहादुर महराले रिहाइ भएसँगै मुलुकको स्वाधीनता रक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले हिजो जिल्ला अदालत काठमाडौँबाट सफाइ पाउनुभएको थियो । प्रतिनिधिसभा सदस्यको हैसियतमा महराले एक विज्ञप्ति जारी गर्दै एक देशभक्त नेपालीका रूपमा मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा सधैँ रहेको, अहिले पनि रहेको र सदैव रहिरहने उल्लेख गर्नुभएको छ । आफूमाथि लगाइएको आरोप गलत सावित भएको भन्दै सफाइ दिएकोमा उहााले अदालतप्रति विशेष आभार व्यक्त गर्नुभएको छ । महरा पक्राउ परेपछि अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदमा रोकेको आरोप समेत लागेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here