काठमाडाैं ।। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाइएको हो । निगमले निर्धारण गरेको नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा विक्री मूल्य लिटरको एक सय आठ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ कामय गरिएको छ । नयाँ मूल्य गए रातिबाट कार्यान्वयनमा आएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो । एलपी ग्यास र हवाई ईन्धनको मूल्य भने यथावत राखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here