काठमाडाैं ।। सङ्घीय संसद् बैठकमा आज विभिन्न विधेयक पेश गरिनुका साथै विभिन्न मन्त्रालयका कामकारबाही बारे प्रश्नोत्तर हुनेभएको छ । संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो । मिडिया काउन्सिल विधेयक, २०७५ र अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको (पार्लेमो अभिसन्धि) का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक आजको बैठकमा टेबुल गरिने कार्यतालिका पनि छ । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन, २०७६ पेश गर्ने, उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरलेले सैनिक (पहिलो संशोधन) विधेयक, २०७६ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सैनिक (पहिलो संशोधन) विधेयक, २०७६ पेश गर्नुहुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र विधेयक पेश गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यतालिका आजका लागि तय भएको महासचिव भट्टराईले जानकारी दिनुभयो ।
सङ्घीय संसद् बैठक बस्दै, कामकारबाही बारे प्रश्नोत्तर हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।