रौतहट ।। रौतहट जिल्लाको फतुआ विजयपुर नगरपालिकाको नगर सभा अधिवेशन सम्वन्धीको सुचना केही नगर कार्यपालिका सदस्यहरुले बुझ्न इंकार गरेको छ ।
स्थानीय सञ्चालन ऐन २९७४ को दफा १६ (४) को देहाय खण्ड ४ को व्यवस्था र सोही ऐनको दफा १९ (४) बमोजिम एवं उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजको २०७६।१०।०९ गतेको जारी उत्प्रेषणको आदेश समेतको आधारमा फाल्गुन १० गतेमा आव्हान गरिएको तेस्रो अधिवेशनको बैठक सम्वन्धी सुचना उपप्रमुख सहित ९ जना कार्यपालिका सदस्यले बुझ्न इंकार गरेका हुन ।
कार्य सूचि सहित फाल्गुन २ गतेमा जारी गरिएको सुचना कार्यपालिका सदस्यहरुले बुझ्न इंकार गरेको नगरप्रमुख गोपाल यादवले जानकारी गराएका छन । मेयर यादवका अनुसार उपप्रमुख कान्ति देवी ,१ नम्बर वड़ाका वड़ा अध्यक्ष संजय प्रसाद , वडा न.१ का सदस्य दिपलाल राय यादव , रुपनारायण मुखिया , ८ नम्बर वड़ाका सदस्य सुन्दरिया माझी, वडा न.१० का वड़ा सदस्य जेनज्या लामा ,सुनिता कुमारी महतो र वडा न.११ का वड़ा सदस्य शम्भु महतो रहेका छन ।
गएको पुश ११ गते भएको नगर सभा ऊपर उपप्रमुखले मुद्दा दायर गरे पछि उच्च अदालतले सो नगर सभा बदर गरी फाल्गुन १० गते सम्म पुनः नगर सभा गर्नु पर्ने आदेश जारी गरेको थियो । अदालतले दिएको आदेश अनुसार नगर सभाको प्रक्रिया सुरु गर्दा मुदा गर्ने समूहले नगर सभाको सुचना बुझ्न इंकार गरेको छ ।
विकास निर्माणको कार्यलाइ प्रभावित बनाउने नियतले नगर सभा हुन नदिने सोच लिएकोले सुचना बुझ्न इंकार गरेको हुन सकने अनुमान गरिएको छ । अदालतको आदेशलाइ सम्मान गर्दै नगर सभा गराउने मेयर यादवले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here