रौतहट ।। शैक्षिक मेलाले विद्यार्थीहरुको शिक्षाको सहि बाटो देखाउने गरेको गौर नगरपालिकाको नगर प्रमुख अजय कुमार गुप्ताले बताएका छन् ।
अभियाना एजुकेसनल कन्सल्टेन्सी गौरको आयोजना आईतावार गौरमा आयोजित चौथा शैक्षिक मेलाको प्रमुख अतिथिको रुपमा बोल्दै, नगरप्रमुख गुप्ताले, भारतको विभिन्न सहरमा गुणस्तरीय शिक्षाको लागी जाने हाम्रो बालबालिकाहरुको लागि यो शैक्षिक मेला उपयोगि रहेको बताए ।
यस्ता शैक्षिक मेला गौर नगरक्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरेकोमा आयोजक अभिशेक गुप्तालाई धन्यावाद दिदै, मेयर गुप्ताले अगामी दिनहरुमा पनि यस भन्दा भव्य शैक्षिक सुधारको लागि मेलाको आयोजना गर्न आयोजक लागि आग्रहर गरेको थिए ।


आयोजक अभियाना एजुकेसनल कन्सल्टेन्सी गौरका डाईरेक्टर ई . अभिशेक गुप्ताले, यस शैक्षिक मेलामा भारतको करिव डेढ दर्जन शैक्षिक संस्थाहरुले यहाँका करिव ५ सय बालबालिकाहरुको अगामी शैक्षिक उचित र प्ररिणम मुखि गन्तव्य बारेमा परामर्श गरेको बताए ।
कार्यक्रमा भारतको काकीनडा, आन्द्रप्रदेश, तिरुपती, दिल्ली, हरियाणा, देहरादुन, अमलापुरण लगायतका डेढी दर्जन सहरहरुका शैक्षिक संस्थाका परामर्शकर्ताहरुले परामर्श गरेको अध्यक्ष अभिषेक गुप्ताले संगम खवरलाई जानकारी गराए ।
कार्यक्रममा अभियाना एजुकेसनल कन्सल्टेन्सी गौरका मोहन श्रीवास्तव, रामनरेश प्रसाद साह, मनोज सहनी, विधार्थि नेता अाेम प्रकाश साह मधेशीया समेतका उपस्थिती रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here