रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर २ महादेवपट्टीमा आइतवार वड़ा कार्यालय र स्वास्थ्य सस्था भवनको शिलान्यास संपन्न भएको छ । दुवै भवनको शिलान्यास गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले गरेका छन ।
२ कोठा १ एक सभाहल सहित निर्माण हुने वड़ा कार्यालयको लागत ४७ लाख तथा ४ कोठे एक तल्ले भवन निर्माण हुने स्वास्थ्य भवनको लागत ३८ लाख रहेको वड़ा अध्यक्ष राकेश झाले जानकारी दिएका छन ।
वड़ा कार्यालय भवनको लागि १७ लाख वड़ा स्तरीय बजेट , २६ लाख जिल्ला समन्वय समिति बाट र ४ लाख जनसहभागिता रहेको छ भने स्वास्थ्य सस्था भवनको लागि संघीय सरकारबाट ३८ लाख रकम छुटियाइएको छ !
गौर नगरपालिका भित्र धमाधम शिलान्यासको कार्य सञ्चालन रहेको छ । १८ स्थनीय तह मध्ये सवै भन्दा बढ़ी विकास निर्माणको शिलान्यास नगर प्रमुख गुप्ताले गर्नु भएका छन । नेपाल भ्रमण बर्षको सँगै गौर नगरपालिकाले शिलान्यास वर्ष मनाइरहेका छन । यो राम्रो शुरुवात पनि रहेको स्थानीयहरुले बताएका छन ।
नगरप्रमुख गुप्ताले छिटै गौरमा निर्माण हुने भ्यू टावरको शिलान्यास गर्ने तयारीमा रहेको बुझिएको छ । वड़ा नम्बर ५ र ७ बाहेक बाकि वड़ा हरुमा स्वास्थ्य सस्था भवन निर्माणको शिलान्यास संपन्न भइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here