रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ९ ब्रह्मपुरीमा माघ २४ गते देखि विश्व कल्याण हेतु आयोजित श्री शिव शक्ति महायज्ञ एवं संगीतमय राम कथा ज्ञान महायज्ञ आइतवार संपन्न भएको छ ।
पहिलो पटक भव्य रुपमा आयोजना गरिएको महायज्ञको आइतवार विधिवत रुपमा समापन भएको हो । बागमती गंगा किनारमा भएको महागय को १० दिनमा ५ लाख भन्दा बढ़ी श्रदालुहरु अवलोकन गरिएको बुझिएको छ । महायज्ञको समापन कार्यक्रम जेष्ठ नागरिक बैजनाथ दासको अध्यक्षतामा संपन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै नगरपालिकाका नगर प्रमुख धीरेन्द्र कुमार सिंहले महायज्ञबाट शांति स्थापना हुने आशा व्यक्त गरेका छान । उहाले विश्वको कल्याण तथा सत्य धर्मको रक्षार्थ महायज्ञ फलदायी हुने बताए ।
समापन कार्यक्रममा जंगलसैया साझेदारी बन समितिका अध्यक्ष रामचन्द्र गिरीले कलयुगमा धर्म र कर्मले प्रचार मानवको मुक्ति हुने एक मात्र विकल्प रहेको बताए ।
ग्रामीण विकास केन्द्र रौतहटका अध्यक्ष पारस हुसैनले सवैको धार्मिक ग्रन्थले सत्यको बाटो रोज्ने सन्देश दिने गरेको बताएका छन । उहाले धर्म प्रतिको नकारात्मक सोच त्याग्नु पर्ने धरना राखे !
१० दिन सम्म चलेको महायज्ञमा मनोरंजनको सुविधा , खान बसने सुविधा , धार्मिक प्रबचनको व्यवस्था गरिएको थियो । भारतका प्रसिद्द राजऋषि आचार्य सुदर्शन महाराजको रामकथा प्रवचनमा संघीय सरकारका श्रम तथा रोजगार मंत्री रामेश्वर राय यादव , प्रदेश २ का प्रदेश सांसद बाबूलाल साह , नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णा प्रसाद यादव , समाजवादी पार्टी नेपालका केंद्रीय सदस्य रेवंत झा , गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता , कटहरिया नगरपालिकाका उपप्रमुख नूर जहा खातून , समाजसेवी भाई नसरुदीन अंसारी लगायतका विभिन्न क्षेत्रका परिचित व्यक्तित्वहरुले ावल्पकं निरिक्षण गरेको महायज्ञ समितिका संयोजक नविन कुमार सिंहले जनाएका छन ।
उहाले सवैको सहयोगमा महायज्ञ भव्यताका संपन्न भएको भन्दै महायज्ञमा आर्थिक , शरीरी , भौतिक रुपमा सहयोग दिने हरुलाई हार्दिक धन्यवाद सहित कÞृत्यगता व्यक्त गरेका छन । महायज्ञमा सहयोग गर्नेहरुलाई कदर पत्रबाट समान्नित गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here