दाङ ।। चाडपर्वमा मात्रै बजार अनुगमन गर्ने परम्परा तोड्दै दाङमा नियमित बजार अनुगमन हुन थालेको छ । नियमित हुने अनुगमनले उपभोक्तालाई खुशी र व्यवसायीलाई सचेत बनाएको छ । सामानको मुल्यमा एकरुपता नहुने र परिमाणमा समेत उपभोक्ताहरु ठगीन सक्ने भन्दै बजारको अनुगमन नियमित बनाइएको हो । नियमित बजार अनुगमनले उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा पुग्ने उपभोक्ता हित संरक्षण मञ्च दाङका संयोजक केशबकुमार शर्मा बताउनुहुन्छ । नियमित हुने बजार अनुगमनले कालो बजारी, म्याद गुज्रिएका सामान विक्रि हुने क्रम रोकिएको छ । बजार अनुगमनले उपभोक्ता मात्रै नभइ व्यवसायी पनि खुशी छन् । घोराही १५ तुलसीपुर चोकमा किराना पसल सञ्चालन गर्दै आउनुभएका पुष्पराज बेल्बासेले नियमित बजार अनुगमन हुनु सकारात्मक भएको बताउनुभयो । उपभोक्तालाई गुणस्तरीय र उचित मुल्यमा सामान खरिद गर्ने अधिकार सूनिश्चित गर्न बजार अनुगमनको कानूनी ब्यबस्था गरिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अमरराज शर्माको भनाइ छ । स्थानीय सरकारले समेत बजार अनुगमनको अधिकार पाएका कारण नियमित बजार अनुगमन हुन थालेको हो । मुल्य र सामानको गुणस्तरीयतासँगै पसल दर्ता, नविकरण र कर तिरे नतिरेको पनि अनुगमनका क्रममा ध्यान दिने गरिएको अनुगमनमा खटिएका अधिकारीहरुले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here