नवलपुर ।। स्थानीय सरकार आए संगै बाटोघाटो तथा विकास निर्माणका कार्यमा जोड दिए पनि फोहर व्यवस्थापनमा भने प्रभावकारी काम हुन नसकेको गुनासो नागरिकको छ । नवलपरासी पुर्वको मध्यविन्दु नगरपालिकामा उचित फोहर व्यवस्थानको विकल्प खोज्न नसक्दा खोला किनारमै फोहर फाल्ने गरिएको छ । मध्यविन्दु नगरपालिकाको मुख्य वजार क्षेत्र चोरमारा नजिकै गिरुवारी खोला छ । यही नदीको किनारमा जथाभावी फोहोर फाल्ने गर्नाले स्वस्थ मानिस पनि बिरामी पर्ने अवस्था आएको स्थानीय निर्मला श्रेष्ठ बताउनुहुन्छ । पूर्वपश्चिम रामर्जागदेखि करिब ५०० मिटर उत्तरतर्फ खोलाको किनारमा फोहोरका डंगुर देख्न सकिन्छ । कुहिने र नकुहिने सिसाका टुक्रा त्यहाँ लगेर फाल्नेमा सर्वसाधारण मात्रै होइन, केही संघसंस्था पनि छन् । नेपालले पनि कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको दिगो विकासका लक्ष्यमा सन् २०३० सम्ममा प्रदुषण कम गरेर, जताततै फोहोर फ्याक्ने प्रवृत्ति हटाउने भनिएको छ । गिरुवारी खोलामा जथाभावी फोहोर फालिँदा पनि नगरपालिका के हेरीरहेको छ ? मध्यविन्दु नगरपालिका ७ का वडाध्यक्ष अमृतप्रसाद ज्ञवाली अब छिट्टै समस्या समाधान हुने दाबी गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here