।। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुनेछ । २९ देखि ३० जनाको सहभागितामा बनाइएको १५ वटा समूहले हिजो समूहगत छलफल सकेको छ । केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठकमा पेश गरिएका प्रतिवेदनमाथिको समूहगत छलफल सम्पन्न गरेका हुन् । चालू केन्द्रीय कमिटीको बैठक अन्तर्गत ४ सय ४५ केन्द्रीय कमिटी सदस्यहरूले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि हिजो छलफल गरेका थिए । आज अपराह्न बस्ने बैठकमा १५ वटै समूहका टोली नेताहरूले छलफलको निष्कर्ष पेश गर्ने छन् । आज दिउँसो एक बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष राख्न निर्देशन दिइएको छ । नेकपाको केन्द्रीय कमिटी बैठक यही माघ १९ गते सक्ने तयारी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here