एजेन्सी ।। सन् २०२० को क्रिसमसमा बलिउडका दुई चलचित्र तयारीमा थिए । बलिउड अभिनेता अक्षय कुमारको ‘बच्चन पाण्डेय’ र अमिर खानको ‘लाल सिंह चुड्ढा’ क्रिसमसको अवसरमा रिलिजको घोषणा गरेका थिए । तर,अब अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ले ‘लाल सिंह चुड्ढा’लाई उक्त मिति छाडदै आफनो फिल्मको मिति पछाडि सारेका छन् । ‘बच्चन पाण्डे’ले सन् २०२१ जनवरी २२ लाई प्रदर्शन मिति तोकेको छ । अक्षयले चलचित्रको रिलिज मिति सारेसँगै आमिर खानले अक्षयलाई धन्यवाद दिएका छन् । यो कुरा आमिरले ट्वीट गरेर स्पष्ट पारेका छन् । आमिरको उक्त ट्विटमा अक्षयले रिट्विट गरेका छन् । ‘बच्चन पाण्डे’को लुक्स सहितको तस्विर पोष्ट गर्दै उनले लेखेका छन्–‘सधै हाजिर छु आमिर । यहाँ हामी सबै साथी हौँ ।’ यस कुराबाट अक्षय र आमिरको मित्रता प्रष्ट हुन्छ ।’ फिल्म एउटै मितिमा रिलिज नहुने भएपछि फाइदा भने दुवै फिल्मलाई हुने भएको छ । अक्षय कुमारले यसअघि पनि सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ का लागि ‘प्याडम्यान’ को रिलिज मिति पछाडि सारेका थिए ।
आमिरका लागि अक्षयले आफ्नो फिल्मको रिलिज मिति सारे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।