सिन्धुली ।। बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङ नजिक हिजो सवारीसाधन दुर्घट्ना हँुदा एक जनाको मृत्यु भएको छ । झापाबाट काठमाडांै जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस सडकबाट झन्डै ३५ फिट तल खस्दा काठमाडांै महानगरपालिका–११ का ३५ वर्षका मोहन महर्जनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक सवारी धनी र आफै चालक थिए । दुर्घटनामा परि अन्य १० जना यात्रु घाईते भएका छन् । घाईते सबैको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भई रहेको छ । तिव्र गतिका कारण हायस दुर्घट्ना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...