काठमाडाैं ।। नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज सपथ लिँदैहुनुहुन्छ । राष्ट्रपति भवन शीतलनिवासमा बिहान ११ बजे सापकोटाको सपथ हुने भएको हो । सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिनुहुनेछ । सपथपछि आजै सभामुख सापकोटाले पदभार ग्रहण गर्र्ने कार्यक्रम तय भएको सङ्घीय संसद सचिवालयले जनाएको छ । हिजो बसेको संसद बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको एकल उमेदवारी भएकाले प्रतिनिधि सभा नियमावली २०७५ को ७ ९३० बमोजिम सापकोटा निर्विरोध निवार्वाचित भएको घोषणा गर्नुभएको थियो । बैठकको सुरुमा सापकोटालाई सभामुख बनाउन प्रस्तावक रहनुभएका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव पेश गर्नुभएको थियो भने त्यसपछि सापकोटाका समर्थक देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गर्नुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here