सागर संगम, रौतहट/ईलका प्रहरी कार्यलय देवाही गोनाहीमा नया प्रहरी निरिक्षकको रुपमा आनुभएका प्रहरी निरिक्षक मेदनी प्रसाद साहले सुरक्षालाई प्रभकारी बनाउदै आफनो क्षेत्र अन्तरगत रहेका नाका बाटहुने चोरी तस्करीलाई नियत्रण गर्न निगरानी बढाएका छन। आफनो अवधीभरी यस क्षेत्रका आम जनसमुदायलाई शान्तिको प्रत्याभुती होस भने चाहना अनुसार प्रहरीको गस्ती टोली परिचालन गरिएको छ।साथै यस क्षेत्र बाट हुने तस्करीमा पनि निगरानी बढाएका छन। यसैबिच गस्तीको क्रममा लालबकैया पुल बाट चालिस हजार मुल्यबराबरको मोबिल सहित एक जनालाई पक्राउ समेत गरेका छन। भारत बाट भन्सार छलेर ना ५७ प ३९०५ नम्बरको मोटर साईकलमा ल्याईको मोबिल सहित रौतहटको ईशनाथ नगरपालिका वडा नः ९ बस्ने अन्दाजी २५ वर्षको अरबिन्द प्रसाद कुशवहालाई प्रहरीले नियन्त्रणमा लिएका छन । पक्राउ परेका कुशवहालाई थप अनुसन्धान गरि जिल्ला प्रहरी कार्यलय गौरमा बुझाईएको ईलका प्रहरी कार्यलय देवाही गोनाहीका प्रहरी निरिक्षक साहले बताएका छन। बंकुल नाकाबाट तस्करहरुले प्रहरीको आखा छल्दै भारत बाट बिभिन्न सरसमानहरु मौलापुर लाल बकैया नदिको बाटो हुदै रौतहटमको मुख्य मुख्य बजार र चोकचोकमा पुर्याउदै आईरहेका थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here