हेटौँडा ।। वाग्मती प्रदेश सरकारले सोनाम ल्होसार पर्वको अवसरमा आज सार्वजनिक विदा दिएको छ । यो विदा वाग्मती प्रदेश सरकार अन्तगर्तका निकायहरूमा मात्र लागु हुने जनाइएको छ । गतवर्ष तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा नगरेको वाग्मती प्रदेश सरकारले यो वर्ष दिने निर्णय गरेका हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका केन्द्र सरकार मातहतका कार्यालयबाहेक बागमती प्रदेशभित्रका सबै कार्यालयमा सार्वजनिक विदा लागू हुने बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता मदनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।