रौतहट ।। रौतहट जिल्लाको यमुनामाई गाउपालिका र राजपुर नगरपालिकामा जाडो छल्नको लागी पुरै परिवारलाई पुग्ने गरी न्यानो कपडा वितरण गरिएको छ । ईस्लामिक रिलिफको सहयोगमा ग्रामिण विकास केन्द्र नेपालको आयोजनामा ३७५ परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।
सात हजार मुल्य बरावरको न्यानो कपडा आपmनो इच्छा अनुसार लगिने गरी पसल थापेर वितरण गरिएको आयोजक संस्थाको अध्यक्ष पारस हुसैनले बताएका छन । गरिव , विपन्न, दलित, अपाग, पिछडिएको समुदाय, मुस्लिम लगायतका विभिन्न वर्ग जात जातिहरुलाई उक्त कपडा बाडिएको छ ।
यमुनामाई गाउपालिकाको वडा नं.५ झुन्खुन्वामा ३०० र राजपुर नगरपालिकाको २ नं. वडाको ७५ परिवारलाई १२ किसिमका गर्म कपडा वितरण गरिएको बताउदै न्यानो कपडाले चिसोमा राहत पुग्ने विश्वास व्यक्त गरे ।
बल्याकेट फाइबरको सिगंल र डबल बेड, बल्यांकेट सिगल बेड रु १९४९, डबल बेड रु २८०८, समर बल्याकेट सिगल बेड ३२०, डबल बेड रु ४२९ , दस्ना सिगल बेड रु १२६५, डबल बेड रु १५८२ , फुल ज्याकेट स्वीटर व्यस्क महिलाको रु ९६०, पुरुषको ८८०, फुल ज्याकेट बाल बालिकाको केटाको रु ८८०, केटीको रु ८८०, शल ओढनी सानो रु ४५२, ठुलो रु ५०८, उनको टोपी ठुलो रु १२९.५०, सानो रु.१०१, उनको मोजा सानो रु १०१ , मझौला रु ११३ , ठुलो रु १३५ , थर्मोकोट सानो रु५०८, मझौला रु ५६५ , ठुलो रु ७२३, म्याट्रेस पि फोम डबल बेड रु २४८ , र कपडा प्रति मिटर रु १६३.८५ निर्धारण गरि वितरण गरिएको संस्थाले जनाएको छ ।
तोकिएको मुल्यमा जुन सुकै समान लिन चाहने व्यवस्था रहेकोले लाभान्वित परिवारले आफु खुसी रोजेर लगिने सस्थाका कोषाध्यक्ष ममता झाले बताईन । राहत समाग्री पाउनेले खुशि भएको प्रतिकृया समेत दिएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here