काठमाडाैं ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको शान्ति प्रक्रियाका लागि अमेरिकाले नयाँ योजना सार्वजनिक गर्ने बताउनुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाको भ्रमण गर्नुअघि राष्ट्रपति ट्रम्पले मध्यपूर्वको शान्तिका लागि नयाँ योजना ल्याउन लागेको बताउनुभएको हो । प्रधानमन्त्री नेतान्याहूले आगामी हप्ता अमेरिकाको भ्रमण गर्ने बताउनुभएको छ । इजरायल र प्यालेस्टाइनहरुबीच लामो समयदेखि जारी द्वन्द्व अन्त्य गरेर शान्ति स्थापना गर्न आफूले नयाँ योजना सार्वजनिक गर्न लागेको ट्रम्पको भनाई रहेको बीबीसीले जनाएको छ । प्यालेस्टाइनका राष्ट्रपति महम्मुद अब्बासका प्रवक्ता बबिल अबु रुदीनेहले इजरायले र अमेरिकाले गर्ने सम्झौता आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।