पर्वत ।। हिमाली क्षेत्रमा मात्रै गरिने स्याउ खेती पहाडी लेकाली बस्तीमा पनि परिक्षण गर्न थालिएको छ । बागलुङको ढोरपाटन र निसीखोला क्षेत्रमा किसानहरुले परिक्षणको रुपमा लगाएको स्याउ खेती सफल भएपछि अहिले त्यस क्षेत्रमा एकसय हेक्टर क्षेत्रमा स्याउ खेती विस्तार गरिएको छ । स्याउखेती फस्टाउँदै गएपछि किसानहरु खुशी भएका छन् । २०४७ सालबाट स्थानीयले परिक्षणका रुपमा स्याउ खेती गरेका थिए । अहिले ब्लक क्षेत्र घोषणा गरेपछि स्याउ खेती एकसय हेक्टरमा विस्तार भएको छ । कोदो, मकै र आलु फल्ने बारीमा स्याउ फलाउन सकेपछि किसानहरु नयाँ अनुभव लिईरहेका छन् । ढोरपाटनको बोवाङ, नवे, पाखाथर, सेल्पाखे, भूजी, काङ, मस र दिजा गाउँ र निसीखोला गाउँपालिकाको गावाँ, कुँडे, झुलुङ, दयारीवास, घुङरो, असौजे लगायतका गाउँमा स्याउ खेती बिस्तार भएको हो । ढोरपाटन र निसीखोलामा १२ सय घरधुरी समूहमा आवद्ध भएर किसानहरुले व्यवसायिक स्याउ खेती गर्दै आएका छन् । किसानहरुले इटलीबाट स्याउको बिरुवा ल्याएर खेती सुरु गरेका हुन् । परम्परागत रुपमा स्याउ खेती गर्दै आईरहेका किसानहरुलाई व्यवसायिक बनाउन कृषि ज्ञान केन्द्र पर्वत मार्फत् प्राविधिक सहयोग गरिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले बताउनुभयो । स्थानीय हावापानीमा उपयुक्त मानिने रोयल डेलिसियस, रेड डेलिसियस, ओन्ना, रिचार्ज, गोल्डेन जातको स्याउको विरुवा रोपिएको छ । उच्च हिमाली जिल्लामा मात्रै स्याउको व्यवसायिक खेती हुँदै आएको बेला बागलुङमा पनि सफल भएपछि पहाडी जिल्लामा पनि व्यवसायिक रुपमा खेती बिस्तार गर्न सकिने सम्भावना उजागर भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here