काठमाडौं ।। चीनमा देखिएको नोवेल कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । नयाँ भाइरसको रुपमा देखिएको नोवेल कोरोना भाइरस चीन सहित थाइल्याण्ड, जापान, दक्षिण कोरिया र अमेरिकामा पनि फैलिएको छ । नेपाल भ्रमण वर्ष र चिनियाँ पर्यटकको बढ्दो आगमनले नेपाल कोरोना भाइरसको जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । डब्लूएचओका अनुसार विश्वमै पहिलोपटक चीनको उहानकै समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो । नेपालमा पनि कोरोना भाइरसको जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछन् । कारण भारतपछि नेपाल आउने पर्यटकको सूचीमा चीन दोस्रो स्थानमा छ । सन् २०१८ मा मात्रै १ लाख ५३ हजार र सन् २०१९ मा १ लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए । यो वर्ष नेपाल भ्रमण वर्ष समेत रहेकाले अझ धेरै चिनियाँ पर्यटक आउने अनुमान गर्न सकिन्छ । जसले कोरोना भाइरसको जोखिम बढाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.अनुप वास्तोलाले बताउनुभयो । नेपालमा कोरोना भाईरसको जोखिम नहोस् भनेर सरकार सचेत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसबाट संक्रमित भएर बिरामी हुनेहरुमा समुद्री खाद्य बजारमा काम गर्नेहरु धेरै छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here