काठमाडाैं ।। नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न आज शीर्ष नेताबीच छलफल हुँदैछ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दिउँसो ३ बजे नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताहरु छलफल हुन लागेको हो । उपसभापति विमलेन्द्र निधि सहित पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलाबीच गएको सोमबार भएको छलफल अनुसार देउवा र पौडेल समेतको उपस्थितिमा सहमतिको प्रयासमा नेताहरू जुट्न लागेका हुन् । दोस्रो तहका नेताले पार्टीको १४ औं महाधिवेशनको मिति राखेर तल्लो तहका अधिवेशनका कार्यतालिका संशोधन गर्ने समझदारी गरेका छन् । तर, त्यसलाई शीर्ष नेताकै सहभागितामा अन्तिम निर्णय दिने र त्यो बैठक सभापतिले बोलाउने उनीहरूबीच समझदारी बनेको थियो । २०७७ फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने सार्वजनिक गरेको छ । तल्लो तहको अधिवेशनको कार्यतालिका कति र कहिलेका लागि सार्ने टुंगो लाग्न बाँकी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here