बुटवल ।। बालबिबाह रोक्नका लागि प्रदेश ५ सरकारले किशोरकिशोरीलाई सङ्गठित गर्ने र उनीहरूको सशक्तिकरणमा जोड दिने रणनीति अघि सारेको छ । रुपन्देहीको दक्षिणी भेगबाट सुरु भएको बालविवाह विरुद्धको अभियानलाई प्रदेश सरकारले पनि साथ दिएको छ । किशोरीहरू किशोरी अधिकार मञ्च गठन गरेर घरदैलो अभियान गर्न थालेको र यसको सकारात्मक प्रभाव परेको रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका सुनिता हरिजनले बताउनुभयो । प्रदेश ५ मा १२ वर्षभन्दा मुनिका ५५ हजारभन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सरकारसँग छ । बालबाविवाहको अन्त्यका लागि किशोरीहरुमा शिक्षाको व्यवस्था गर्नुपर्ने स्थानीय शशीकला यादवको भनाइ छ । रुपन्देही र कपिलवस्तुका करिब १७ हजार बालबालिका बालविवाहको जोखिममा रहेको र सरकारले उनीहरूको शिक्षाका लागि जोडि दिएको प्रदेश ५ का सामाजिक विकाश मन्त्री सुदर्शन बरालले बताउनुभयो । बालविवाह, कलिलो उमेरमा गरिने विवाह, जबर्जस्ती विवाह तथा अन्य घातक प्रचलनहरुको उन्मूलन गर्ने दिगो विकासका लक्ष्यमा भनिएको छ । सन् २०३० सम्ममा पूरा गर्ने भनिएको लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारले योजना बनाएर कार्यान्वयनमा ल्याएका भए पनि सोचे जस्तो प्रभावकारी हुन नसकेको गुनासो भने आइरहेका छन् ।
बालबिबाह रोक्नका लागि प्रदेश ५ सरकारले किशोरकिशोरीलाई सङ्गठित गर्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।