काठमाडाैं ।। प्रदेश नम्बर २ को सरकारले आज बलिदानी दिवस मनाउँदै छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते अर्थात् आज सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको थियो । ०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्युभएपछि सुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई वर्षयता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजना गरेको छ भने प्रदेशका अन्य ठाउँमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here