काठमाडाैं ।। अन्नपूर्ण पदयात्राका लागि गएका ८ विदेशी पर्यटक र तीन नेपाली पथप्रदर्शक गरी ११ जना वेपत्ता भएका छन् । सम्पर्कविहीन हुनेमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली रहनुभएको पर्यटन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिनभुयो । मनाङमा चारजना चिनियाँ नागरिक पनि सम्पर्कविहीन भएको विभागले जनाएको छ । अस्ति अन्नपूर्ण आधार शिविर जान हिँडेका उनीहरू तीन हजार एक सय मिटर उचाइको देउरालीसम्म पुगेको र त्यसभन्दा माथिको मौसम खराब रहेको थाहा पाएपछि फर्कने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् । पदमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित देउरालीबाट दुई हजार पाँच सय पाँच मिटरको दोभान र दुई हजार नौ सय २० मिटरको हिमालयनको बीचमा पर्ने हिंकु भन्ने स्थानबाट उनीहरू सम्पर्कविहीन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना घान्द्रुकका प्रमुख विदुर कुइँकेलले बताउनुभयो । अन्नपूर्ण गाँउपालिका–११ का अध्यक्ष हिमबहादुर गुरुङका अनुसार वेपत्ता भएकाहरूको हिजो चारवटा हेलिकोप्टर प्रयोग गरी खोजी गरिए पनि केही पत्ता लागेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here