काठमाडौं ।। एक हजारको नेपाली ३१ थान नेपाली नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ कलंकीमा नक्कली नोटको कारोवार गर्ने दुई जनालाई आइतबार बिहना पक्राउ गरिएको महानगरिय प्रहरी बृत कालिमाटीले जनाएको छ । अनसु थापा मगर बारा निजगढ घर भएका २७ वर्षीय र सोही ठाउँका २२ वर्षीय रवि आले मगरलाई प्रहरीले पक्राउ गरेका छन् ।
बृत्तका प्रहरी नायब उपरीक्षक रूगम कुँवरका अनुसार उनीहरूसँग चालिस हजार रूपैयाँ नक्कली नोट थियो। सोमध्ये उनीहरूले केही रूपैयाँ खर्च गरिसकेका थिए।
‘हेर्दा फोटोकपी गरेजस्तो देखिन्छ, एउटै नम्बर भएका धेरै नोट छन्,’ कुँवरले सेतोपाटीसँग भने। कुँवरका अनुसार नक्कली नोटका मुख्य कारोबारी अर्कै रहेको पत्ता लागेको छ। उनको खोजी भइरहेको कुँवरले बताए।
‘आफ्नो हातमा केही पैसा आएपछि उनीहरूले डान्स बार र डिस्कोमा गएर खर्च गरेको देखिन्छ,’ कुँवरले भने। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बृत्तले जनाएको छ।
एक हजारका ३१ थान नक्कली नोटसहित दुई जना पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।