काठमाडाैं ।। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आवश्यक मतपत्र छपाइ गरी सातवटै प्रदेशमा पठाइएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि यहि माघ ९ मा निर्वाचन हुँदै छ । राष्ट्रिय सभा निर्वाचन प्रदेशगत रूपमा हुँदै छ । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, वागमती प्रदेशको ललितपुर, गण्डकीको पोखरा, प्रदेश ५ को घोराही, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको सिलगढीमा मतदान केन्द्र तोकिएको छ । प्रदेशको उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र तोकिएकाले कतिपय प्रदेशमा राजधानी भन्दा फरक स्थानमा मतदान हुनेछ । प्रदेशसभा सदस्यले मतदान गर्ने र स्थानीय तहका सदस्यले मतदान गर्ने दुईथरीको मतपत्र तयार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बनाउनुभयो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जनाले मतदान गर्नेछन् । प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्र सेतो कागजमा हरियो रङको मसीले विवरण र निर्वाचन चिह्न तथा स्थानीय तहका सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङको मसीले विवरण र निर्वाचन चिह्न उल्लेख हुने श्रेष्ठले जानकारी दिनुभयो ।
Home मुख्य समाचार निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आवश्यक मतपत्र सबै प्रदेशमा...
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आवश्यक मतपत्र सबै प्रदेशमा पठाईयो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।