काठमाडाैं ।। कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि सुत्केरी कोशेली कार्यक्रम ल्याएको छ । दुर्गम क्षेत्रको रुपमा रहेको कर्णाली प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन सुत्केरी कोशेली कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ । नागरिकलाई स्वास्थ्यको पहुँच सहज बनाउने उद्देश्यका साथ सुरु गरिएको यो कार्यक्रम विशेषगरी अति विपन्न र गरिब महिलाका लागि सहयोगी बन्ने कर्णाली प्रदेशका सामाजीक विकासमन्त्री दल रावलले बताउनुभयो । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलाका लागि संघीय सरकारले दिने रकममा प्रदेशले थप दुईहजार थपेर दिने र यो कार्यक्रम स्थानीय तहमार्फत् सञ्चालन हुने मन्त्री रावलले बताउनुभयो । प्रदेश सरकारले छोरी बचत खाता कार्यक्रमले छोरीमाथि हुने विभेद कम गर्न सघाउ पु¥याउने विश्वास प्रदेश सरकारले लिएको उहाँको भनाइ छ । कार्यक्रमका लागि प्रदेश सरकारले झन्डै ७ करोड रकम विनियोजन समेत गरेको उहाँले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here