काठमाडाैं ।। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । हाल देशको उपत्यका तथा तराईका भूभागमा कुहिरो र हुस्सु लागेको छ । आज दिउँसो देशका पहाडी भूभागहरुमा मौसम सफा रहनेछ । तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । आज राति पश्चिमी भूभागका एकदुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको महाशाखाले सूचना निकालेर जानकारी दिएको छ । यस्तै, भोली दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपात हुनेछ । महाशाखाले सूचनामा भनेको छ, ‘तराई भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने भएकोले हुस्सु र कुहिरो लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ । तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here