सिन्धुली ।। सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्मित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पुर्णकदको शालिक अनावरण गरिएको छ । सिन्धुलीगढीमा आज आयोजित एक विशेष समारोहका बीच सँस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शालिकको अनावरण गर्नुभएको हो । कमलामाई नगरपालिकाले निर्माण गरेको पुर्णकदको शालिक ५ फिट ११ ईन्च उचाईको छ । मुर्तिकार नविन सुेदीले सो शालिकनिर्माण गर्नुभएको हो । शालिकको अनावरण गर्दै मन्त्री भट्टराईले ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्माण गरिएको शालिकले सिङ्गो नेपाली जनताको स्वाभिमानलाई विश्वसामु उभ्याएको बताउनुभयो । सिन्धुलीगढीको विकास र संरक्षणमा कमलामाई नगरपालिकाले चालेको कदमको प्रशसागर्दै उहाँले सिन्धुलीगढी दरबार, किल्ला, गढीहरुको पुनःनिर्माण गर्ने काममा सहयोग गर्ने बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।