काठमाडाैं ।। आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले विहान देशको तराई भू–भागमा कुहिरो र हुस्सु लागेको छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ । मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले सूचना निकालेर जानकारी दिएको छ । आज राति देशको पश्चिमी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।