एजेन्सी ।। बलिउड अभिनेत्री दीपिका पादुकोणलाई भारतीय महिला तथा बाल विकासमन्त्री स्मृति इरानीले चर्को आलोचना गरेकी छिन् । अभिनेत्री पादुकोणले जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थीहरुमाथि भएको आक्रमणको विरोध गर्ने विद्यार्थीलाई साथ दिएको भन्दै मन्त्री स्मृति इरानीले चर्को अलाचना गरिन् । एक कार्यक्रममा जेएनयू विवाद माथी स्मृति इरानीले दीपिका माथी आलोचना गरेकी हुन् ।उनले दीपिकामाथि देश विभाजन गर्न खोज्नेहरूलाई साथ दिएको आरोप लगाउदै भनेकी छिन् ‘सबैले दीपिका जेएनयू गएको समाचार पढ्नुभयो होला । उनी भारतलाई विभाजन गर्न चाहन्नछिन् । ’इरानीले रुष्ट हुँदै भनिन् दीपिका तिनीहरूका साथमा देखिइन् जसले लाठीले युवतीहरूका गोप्य अंगमा हमला गरेका थिए ।’भाजपा नेता तेजिन्दर पाल बग्गाले स्मृति इरानीको यो टिप्पणीमा एक भिडियो नै ट्विट गरेका छन् । उनले दीपिकाको राजनीतिक स्वार्थ रहेको पनि आरोप लगाएकी छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here