काठमाडौं ।। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश –३ को संसदीय दलको बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव संसदमा दर्ता गर्ने निर्णण् गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । शुक्रबार बिहान बसेको प्रदेश ३ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकले नाम बाग्मती र राजधानी हेटौंडा राख्ने औपचारिक निर्णय गरेको हो।नेकपाको सचिवालय बैठकको निर्देशनअनुसार नै संसदीय दलले पनि नाम र राजधानीबारे निर्णय गरेको नेकपा प्रदेश ३ ले जनाएको छ । प्रदेशसभाको बैठक आइतबार बस्ने सम्भावना छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here