काठमाडौँ ।। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भूगोल नहुने बताएका छन् । बाह्रखरी बुक्सले प्रकाशित गरेको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद ‘उत्कृष्ट कहानियाँ’ सार्वजनिक कार्यक्रममा मन्त्री त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सीमाले नरोक्ने बताए ।  भारतीय दूतावास काठमाडौं र हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विश्व हिन्दी दिवसको अवसरमा गरेको क्रार्यक्रममा मन्त्री त्रिपाठी, नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजयकुमार, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान र प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले पुस्तक सार्वजनिक गरेका हुन् ।

मन्त्री त्रिपाठीले नेपाल एक बहुभाषी बहुसांस्कृतिक र बहुजातीय विविधता भएको देश भएकाले भाषा र संस्कृतिमा समृद्ध भएको बताए। नेपाल भूगोलको हिसावले सानो भए पनि भौगोलिक, सामुदायिक र सांस्कृतिक विविधताले ठूलो र सम्पन्न देश भएको उनको भनाइ छ।
हिन्दी र नेपाली दुवै भाषाको उद्‌गम संस्कृत भएकाले सभ्यता एउटै भएको मन्त्री त्रिपाठीले बताए। परस्पर रुपमा नेपाली साहित्य हिन्दीमा अनुवाद हुनु र हिन्दी साहित्य नेपालीमा अनुवाद हुनुले दुई देशलाई सीमाले छुट्याए पनि भाषा, संस्कृति र सभ्यताको दृष्टिले सीमालाई पार गरेको त्रिपाठीले बताए।
बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन गरिएको हो। कार्यक्रममा नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारले नेपाल र भारतलाई भाषाले बलियोसँग जोडेको बताए। दुवै भाषाको लिपि देवनागरिक हुनु र संस्कृति एउटै हुनु यसको बलियो आधार भएको उनको भनाइ थियो। जनकपुर र अयोध्या, पशुपति र काँशी, लुम्बिनी र बोधगया जसरी नेपाल र भारतको सम्बन्ध जोडिएको कुमारले बताए।

श्राेत ः कान्तिपुर दैनिक

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here