रौतहट ।। भारत विहार राज्यको बैरगनिया बा‘र्डरमा रहेका भारतीय सिमा सुरक्षा बल २० नम्बर बटालियनका टोलीले एक जना शंकास्पद व्यक्तिलाइ विहिवार विहान १० बजेको समयमा पक्राउ गरेका छन । पक्राउ परेका व्यक्ति मुस्लिम समुदायका रहेका छन ।

नेपालको गौर नाकाबाट भारतमा प्रवेश गर्ने क्रममा सिमामा रहेका एसएसबी चेक पोस्टमा चेकजाच गर्ने क्रममा ड्यूटीमा रहेका हबलदार माथि हातपात गर्न खोज्दा सिमा सुरक्षा बलका जवानले उनलाई नियंत्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिले आफ्नो घर रौतहट जिल्लाको गढ़ीमाई नगरपालिका वड़ा नम्बर ३ गम्हरिया भएको र सुन्दरपुर स्थित मस्जिदमा बस्दै आएको बताएका छन । ३४ वर्षीय युवकले शेख सहाबुद्दीन नाम बताएको भारतीय सिमा सुरक्षा बलले जनाएको छ ।
बुवाको नाम शेख मोहमद अली र बाजेको नाउ शेख ईसाद बताउने युवकले साथमा राखेको चाकू प्रहार गर्न खोज्दा ड्यूटीमा बसेका जवान सचिन घाइते भएको छ । उहाँको दाहिना हाथको ४ बटा औला काटिएको बुझिएको छ । नेपालबाट भारतमा प्रवेश गर्ने युवकले ड्यूटीमा रहेका जवान सित हथियार मागेका थिए । हथियार दिनु हत्या गर्छु भने थियो । पक्राउ परेका व्यक्ति नेपालको हो भन्ने कुनै प्रमाण कागज फेला नपरेको ले विदेशी हुन सक्ने आशंका भारतीय पुलिसको रहेको छ ।
अल्लाहले पठाएको र सवैलाइ मुस्लिम बनाउनु लक्ष्य लिएको बताइरहेको बुझिएको छ । आफ्नो बारे सत्य तथ्य बताउन नचाहने उक्त व्यक्ति आपराधिक गतिविधिमा संलग्न हुन सक्ने आशंका बढेको छ ।
थप अनुसन्धान तथा कार्यवाहीको लागि भारतीय प्रहरीको जिल्ला लगाइएको छ । पुलिसले मासु काटने कार्यमा प्रयोग हुने खालको ठूलो चाइनीज चाकू बरामद समेत गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here